एजेन्सी । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेट आज (बुधबार) हुँदैछ । दिल्लीमा हुने पाँचौ एकदिवसीय खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।
घरेलु टोली र अष्ट्रेलियाबीचको यस खेल सिरिजको निर्णायक खेल हो । यस खेल जित्नेले सिरिज हात पार्ने छन् ।
पाँच खेलको सिरिजमा भारत र अष्ट्रेलिया २-२ को अवस्थामा रहेको छ । बुधबार दुवै टोली सिरिज हात पार्ने योजनासहित मैदान उत्रने छन् ।
भारतको यो विश्वकपअघिको अन्तिम सिरिज समेत हो । भारतले यसै सिरिजको आधारमा विश्वकप टोलीको घोषणा गर्नेछ ।
पाँचौ खेलमा भारतका महेन्द्र सिंह धोनी टिममा हुने छैनन् । उनलाई आराम दिईएको छ । धोनीको स्थानमा रिशब पन्तले विकेटकिपरको भूमिका निभाउने छन् । यस्तै मोहमद शामीलाई पनि आराम दिईएको छ ।
अष्ट्रेलियाको टिममा मार्कुस स्टोनीस टोलीमा हुने छैन् । अन्य खेलाडी खासै परिवर्तन हुने छैन् ।
यसअघि भएको टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले क्लिन स्विप गरिसकेको छ ।