काठमाडौं । नेपाली 'ए' डिभिजन क्लब संकटा क्लब भारतमा जारी चौथो संस्करणको अन्तराष्ट्रिय सिईएम कप फुटबलको फाइनलमा प्रवेश ।
गुवाहाटीमा मंगलबार भएको खेलमा भुटानको थिम्पु सिटीलाई २-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो ।
संकटालाई जित दिलाउन दुवै गोल एनदेम्बा ओवानाले गरे । थिम्पुका आबोग्य रान्डोल्फले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने थिम्पुले बनाएको थियो । खेलको १९ औं मिनेटमा रान्डोल्फले गोल गर्दै थिम्पुलाई अग्रता दिलाए ।
तर, खेलको २३ औं मिनेटमा ओवानाले गोल गर्दै संकटालाई खेलमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटम ओवानाले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-१ को जित दिलाए ।