ललितपुर । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपमा आज समुह बीका समुह चरणका अन्तिम खेलहरु हुदैछ ।
पहिलो खेलमा विभागीय टिम पुलिस र ब्रिगेट ब्वाईज क्लबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे १ बजे सुरु हुनेछ । समुह चरणको अन्तिम खेलमा भिड्दै गर्दा ब्रिगेट ब्वाईजको नजर क्वार्टरफाईनलमा रहनेछ ।
विभागीय टिमविरुद्ध ठुलो अन्तरको जित निकालेमा ब्रिगेट ब्वाईजले नकआउट चरणमा स्थान बनाउनेछ । विभागीय टिम पुलिस एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । उसले समुह चरणका सुरुवाती दुई खेलमा मोरङ र जावलाखेलसंग समान १–० को हार ब्यहोरेको थियो । ब्रिगेट ब्वाईजले जावलाखेल र मोरङसंग बराबरी खेल्दै अंक बाँडेको थियो ।
सोही समुहको अर्को खेलमा जावलाखेल युथ क्लब र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
समुह चरणमा ४ अंक जोडेका दुवै टोलीको लक्ष्य जित निकाल्दै समुह विजेताको रुपमा नकआउट चरण पुग्नुनै हुनेछ । मोरङले पहिलो खेलमा पुलिसलाई १–० ले हराएको थियो भने बिग्रेट ब्वाईजसंग बराबरी खेलेको थियो । जवालखेलले ब्रिगेट ब्वाईजसंग बराबरी खेल्दै पुलिसलाई १–० ले हराएको थियो ।
यस्तो छ अंक गणित -
समुहमा जावलाखेल ४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान अंक भएको मोरङ दोस्रो स्थानमा छ । ब्रिगेट ब्वाईज २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । पुलिस अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।