एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षक जिनेदान जिदानले क्लबको पुरानो लयलाई फर्काउने बताएका छन् ।
रियलको मुख्य प्रशिक्षक बनेपछि बोल्दै प्रशिक्षक जिदानले क्लबको पुरानो शाखलाई फर्काउने बताए ।
'म क्लबलाई फर्काउने छु । जहाँ यस क्लब रहेको थियो,' प्रशिक्षक जिदानले भने ।
यस सिजन खराब प्रदर्शन कायम राखेपछि रियलले प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई प्रशिक्षक नियुक्त गरेको हो । रियलसंग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् ।
यस्तै जिदानले बाहिर बसेर हेर्दा रियल कठिन अवस्थामा रहेको बताए । तर, रियलको प्रशिक्षक बन्न आफु पूर्ण तयार भएको बताए ।
'म केहि गर्न मड्रिडमा बस्न चाहन्छु । मैले मेरो उर्जा चार्ज गर्ने छु । र, म फेरी एक महान क्लबको प्रशिक्षक बन्न तयार छु,' जिदानले थपे ।
जिदान क्लब छाडेको १० महिनापछि पुन: रियल फर्किएका हुन् । गत सिजनको च्याम्पियन्स लिग जिताएपछि जिदानले रियल छाडेका थिए ।
यस सिजन भने रियल उपाधिविहीन बन्ने देखिएको छ । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिसकेको छ ।
यस्तै ला लिगामा समेत रियल तेस्रो स्थानमा रहेको छ । रियल बार्सिलोना भन्दा १२ अंकले पछि छ ।