एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली प्रशिक्षक जिनेदान जिदानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यस सिजन खराब प्रदर्शन कायम राखेपछि रियलले प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई प्रशिक्षक नियुक्त गरेको हो ।
रियलले सामाजिक संजालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको १० महिनापछि पुन: रियल फर्किएका हुन् । रियलसंग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् ।
गत सिजनको च्याम्पियन्स लिग जिताएपछि जिदानले रियल छाडेका थिए ।
यस सिजन भने रियल उपाधिविहीन बन्ने देखिएको छ । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिसकेको छ ।
यस्तै ला लिगामा समेत रियल तेस्रो स्थानमा रहेको छ । रियल बार्सिलोना भन्दा १२ अंकले पछि छ ।