विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।
सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा एन्फाले नेपाली टोलीलाई जनही १/१ लाखसहित सम्मानित गरेको हो ।
एन्फाले ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको र भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गरेको हो ।
नेपाली टोलीलाई घरेलु मैदानमा मंगलबार सुरु हुने पाँचौ महिला साफ च्याम्पियनसिपको पूर्व सन्ध्यामा एन्फाले सम्मान गरेको हो ।
नेपाली टोलीलाई विराटनगर महानगरपालिकाको मेयर भिम पराजुली, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले सम्मानित गरे ।
यस्तै विराटनगर महानगरपालिकाले विराटनगरका तीन खेलाडी सरु लिम्बु, कविता धिमाल र मनमाया लिम्बुलाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै मेयर पराजुलीले साफको कारण विराटनगर चाडै बिकसित भएको बताउँदै नेपाली टोलीले साफ जित बिशेष सम्मान गर्ने बताए ।