एजेन्सी । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले क्लिन स्विप गरेको छ ।
आइतबार राति भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा वेष्ट इण्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
बासेटेरीमा वेष्ट इण्डिजले दिएको ७३ रनको लक्ष्य इंग्ल्यान्डले १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जोनी ब्रैसटोले ३७ तथा एलेक्स हालेसले २० रन बनाए ।
यस्तै कप्तान इयान मोर्गन १० रनमा अविजित रहदा जोए रूटले अविजित ४ रन बनाए । वेष्ट इण्डिजका जेसन होल्डर र देभेन्द्र विश्वले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज १३ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटिएको थियो । वेष्ट इण्डिजका जोनी च्याम्पबेल,जासन होल्डर र निकोलस पुरनले समान ११/११ रन जोडे ।
इंग्ल्यान्डका डेभिड विलीले ४ तथा मार्क वुडले ३ विकेट लिए । आदील राशिदले २ विकेट लिए ।