एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक सान्टिएगो सोलारीले मिडफिल्डर इस्को खेलका लागि पूर्ण रुपमा फिट नभएको बनाएका छन् ।
२६ बर्षिय इस्को पछिल्लो समय रियलको टिमबाहिर रहदै आएका छन् । रियलले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति हुने रियल भालाडोलिडविरुद्धको खेलमा समेत इस्कोलाई टिममा राखेको छैन् ।
भालाडोलिडविरुद्धको खेल अघि प्रशिक्षक सोलारीले इस्को चोटबाट पूर्ण रुपमा फिट हुन संघर्ष गरिरहेको बताए ।
‘खेल्नको लागि सुरुमा शारीरिक अवस्था ठीक हुनुपर्छ, त्यसपछि खेल्न सक्छौं,’ प्रशिक्षक सोलारीले भने ।
इस्को च्याम्पियन्स लिग अन्तर्गत गत मंगलबार डच क्लब आयाक्सविरुद्धको दोस्रो लेगमा समेत टिममा परेका थिएनन् । उक्त खेलमा रियल पराजित हुँदै च्याम्पियन्स लिगमा बाहिरिएको थियो ।