काठमाडौं । 'ए' डिभिजन क्लब काठमाडौं खेल मण्डल (एनआरटी) को अध्यक्षमा सुन्दर नरसिंह जोशी निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा जोशी निर्विरोध अध्यक्ष चुनिएका हुन् । यस्तै उपाध्यक्षमा योगम्बर मान सुवाल र नविन सुवाल निर्वोरोध चुनिदा गौतम बहादुर मालाकार निर्वाचित भए ।
क्लबको महासचिवमा नरेन्द्र मान श्रेष्ठ निर्विरोध निर्वाचित हुँदा सचिवमा दिकेन सुवाल चुनिए । त्यस्तै अनुज सिंह प्रधान कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
सदस्यमा सुनिल भक्त जोशी, सतिस कृष्ण श्रेष्ठ, राजु केसी, हरीओम श्रेष्ठ, राजेन्द्र शाक्य,शुरेन्द्र कुमार श्रेष्ठ,सर्वज्ञ रत्न मानन्धर, सुन्दर थापा,प्रज्वल कान्त मैनाली र किरण शमशेर राणा निर्विरोध निर्वाचित भएका छन् ।