एजेन्सी । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको चौंथो एकदिवसीय क्रिकेट आज (आइतबार) हुँदैछ । पन्जाबको चन्द्रीगढमा हुने चौंथो खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।
पाहुना टोलीविरुद्ध भारत चौंथो खेल जित्दै सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलिया जित निकाल्दै सिरिज जोगाउन चाहन्छ । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-१ ले पछि रहेको छ ।
चौंथो खेलमा भारतका महेन्द्र सिंह धोनी टिममा हुने छैनन् । उनलाई आराम दिईएको छ ।
टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले क्लिन स्विप गरिसकेको छ ।