एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको टोटेनहम पराजित भएको छ । शनिबार भएको खेलमा टोटेनहम साउथह्याम्पटनसंग २-१ गोल अन्तरले पराजित भएको हो ।
साउथह्याम्पटनको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले हार व्यहोरेको हो । खेलको २६ औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको ७६ औं मिनेटमा यान भलेरीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८१ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को जित दिलाए ।
यो हारसंगै टोटेनहमले शीर्ष दुई क्लबसंगको अंक दुरी घटाउने मौका गुमाएको छ । तेस्रो स्थानको टोटेनहमले ३० खेलबाट ६१ अंक जोडेको छ ।
साउथह्याम्पटन ३० खेलबाट ३० अंक जोडेर १६ औं स्थानमा छ ।
यस्तै अर्को खेलमा लेष्टर सिटीले फुलहमलाई ३-१ गोल अन्तरले पराजित गर्यो । त्यस्तै ब्राइटनले क्रिष्टल प्यालेसलाई २-१, कार्डिफले वेष्ट ह्यामलाई २-०,बर्नेमाउथले हडर्सफिल्डलाई २-० र न्युकासलले एभर्टनलाई ३-२ ले हराएको छ ।