काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा इस्लामावाद युनाइटेडले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्सलाई जितका २३९ रनको लक्ष्य दिएको छ ।
पाकिस्तानको कराँचीमा टस हारेर पहिले ब्याटिङ गरेको इस्लामावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २३८ रन बनायो ।
इस्लामावादका लागि क्यामरुन डेलपोर्टले ११७ रनको शतकीय इनिङस खेले । यस्तै आसिफ अलीले अविजित ५५ रन जोड्दा वाल्टनले ४८ रन बनाए ।
लाहोरका सन्दीप लामिछाने, साहिन अफ्रिदी र डेभिड विसेले समान १/१ विकेट लिए ।
९ खेलमा ४ जित हात परेको इस्लामावाद ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
८ खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित पाँचौ स्थानमा रहेको छ । प्ले अफमा स्थान बनाउन लाहोरलाई इस्लामावादविरुद्ध जित अत्यावश्यक रहेको छ ।