एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ । ला लिगामा शनिबार लिग लिडर बार्सिलोना, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
उपाधि दाबेदार क्लब बार्सिलोनाले शनिबार घरेलु मैदानमा रायो भालेकानोको सामना गर्नेछ । बार्सिलोना र भालेकानोबीचको खेल राति ११:१५ मा सुरु हुनेछ ।
भालेकानोविरुद्ध मैदान उत्रदा बार्सिलोना आफ्नो शीर्ष स्थानको अग्रतालाई फराकिलो बनाउने लक्ष्यसहित मैदान उत्रने छ ।
बार्सिलोना ६० अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ७ अंकले अघि रहेको छ ।
बार्सिलोना भालेकानोलाई हराएर आफ्नो अग्रता थप बलियो बनाउन चाहन्छ । र, बार्सिलोना उपाधि होड बलियो बनाउन चाहन्छ ।
भालेकानो बार्सिलोनालाई हराएर रेलिगेसनबाट माथि उक्लन चाहन्छ । रेलिगेसन जोनको भालेकानोको २३ अंक छ ।
यस्तै दोस्रो स्थानको एट्लेटिकोले शनिबार नै लेगानेससंग खेल्नेछ । एट्लेटिको लेगानेसलाई हराएर लिग लिडर बार्सिलोनाविरुद्ध दबाब बनाउन चाहन्छ । बार्सिलोना भन्दा ७ अंकले पछि रहेको एट्लेटिकोको ५३ अंक छ ।
यस्तै अन्य खेलमा अलाभेसले इबर र गेटाफेले हुएस्कासंग खेल्नेछ ।