एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरो प्रिमियर लिगमा 'प्लेयर अफ दि मन्थ' चुनिएका छन् ।
फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै अग्युरो 'प्लेयर अफ दि मन्थ' चुनिएका हुन् । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीका लागि अग्युरोले फेब्रुवरीमा ७ गोल गरेका थिए ।
योसंगै अग्युरोले छैटौं पटक 'प्लेयर अफ दि मन्थ' को अवार्ड जित्न सफल छन् ।
यस्तै ३० बर्षिय अग्युरो ६ पटक 'प्लेयर अफ दि मन्थ' जित्ने तेस्रो खेलाडी बनेका छन् । अग्युरोले लिभरपुलका पुर्व मिडफिल्डर स्टेभेन जेर्राड र टोटेहमका स्ट्राइकर ह्यारी केनसंग बराबरी गरे ।
अग्युरो सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सिटी आएका थिए ।
यस्तै सिटीका प्रशिक्षक पेप ग्वार्डीवलाले 'प्लेयर अफ दि म्यानेजर' अवार्ड जितेका छन् ।
न्युकासलका फाबियनले गोल अफ दि मन्थ अवार्ड जितेका छन् ।