एजेन्सी । इंग्लिश क्लब टोटेनहमले अप्रिल पहिलो साताबाट नयाँ रंगशाला 'ह्वाइट हर्ट लेन' को प्रयोग गर्ने भएको छ ।
अप्रिलको पहिलो साता एफए कप अन्तर्गत ब्राइटनसंगको खेल खेल्दै टोटेनहमले नयाँ घरेलु मैदानको उद्घाटन गर्नेछ ।
यसअघि गत सेप्टेम्बर भित्र नयाँ मैदान तयार हुने बताईएपनि तोकिएको समयमा निर्माण कार्य सकिएको थिएन । समयमा काम नसकिदा क्लबले निर्माण कम्पनिलाई मार्च अन्तिमसम्मको समय दिएको थियो ।
निकै आधुनिक र उच्च प्रविधिबाट निर्माण गरिएको नयाँ रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो । घरेलु मैदानको निर्माणसंगै टोटेनहमले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ ।