एजेन्सी । इन्ग्लिश प्रिमियर लिगले म्यानचेस्टर सिटीले वित्तीय नियम उलंघन गरेको बिषयमा अनुसन्धान गर्ने भएको छ ।
सिटीले फिफाको फाइनान्सियल फेयर प्ले नियम उलंघन समचार प्रकाशित भएपछि प्रिमियर लिगले छानविन गर्ने भएको हो । बिहिबार मात्र युरोपियन फुटबल युएईएफएले अनुसन्धान सुरु गरेको थियो ।
सिटीले फिफाको फाइनान्सियल फेयर प्ले नियम उलंघन गर्दै आर्थिक बिषयको प्रमाणहरु चुहाएको आरोप जर्मन म्यागजिन डेर स्पेइगेलले लगाएपछि सिटी छानविनको घेरामा परेको हो ।
सिटीले भने आफु दोषी नरहेको र छानविनमा पूर्ण सहयोग गर्ने बताउदै आएको छ ।