एजेन्सी । खेलाडी अनुबन्धमा २ बर्षको प्रतिबन्ध लागेपछि इङ्ग्लिश क्लब चेल्सीले गरेको अपिल फिफाले अस्विकार गरेको छ ।
विदेशी युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियमलाई तोडेको भन्दै फिफाले चेल्सीलाई दुई सात अघि २ बर्षको प्रतिबन्ध लगाएको थियो ।
खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेपछि चेल्सीले प्रतिबन्ध १ बर्षमा घटाउन मागसहित फिफामा अपिल गरेको थियो । तर, फिफाको अपिल कमिटीले अपिल अस्विकार गरेको बीबीसीले जनाएको छ ।
फिफाले अपिल अस्विकार गरेसंगै चेल्सीले सन् २०२० सम्म खेलाडी अनुबन्ध गर्न पाउने छैनन् । फिफाले चेल्सीको महिला टिम र फुटसल टिममा भने प्रतिबन्ध नलाग्ने जनाएको छ ।
चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका बिदेशी खेलाडी अनुबन्ध गरेको कारण प्रतिबन्ध लगाईएको जनाएको छ । चेल्सीले बेरट्रान्ड ट्राओरेसहित १८ बर्ष मुनिका खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको बताएको छ ।
यस्तै फिफाले चेल्सीलाई ४६० मिलियन पाउण्ड जरिवाना समेत गरेको थियो । यस्तै फिफाले इङ्ग्लिश फुटबल एसोसियसनलाई समेत ३९० मिलियन पाउण्ड जरिवाना गरेको छ ।