एजेन्सी । पाहुना टोलि अष्ट्रेलियाले तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारतलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ३२ रनले पराजित गरेको हो ।
राँचीस्थित जेएससीए क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत ४८ ओभर २ बलमा अलआउट हुँदै २८१ रनमा समेटियो ।
कप्तान विराट कोहलीले १२३ रनको शतकीय इनिङ्स खेलेपनि भारतले जित निकाल्न सकेन् । योसंगै कोहलीले ४१ औं एकदिवसीय शतक पुरा गरे ।
यस्तै विजय शंकरले ३२,महेन्द्र सिंह धोनी र केदार जादबले समान २६/२६ रन बनाए । रविन्द्र जडेजा २४ रनमा आउट भए । अष्ट्रेलियाका पाट कुमिन्स, जे रिचर्डसन र एडम जाम्पाले समान ३/३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३१३ रन बनाएको थियो ।
अष्ट्रेलियाको उच्च स्कोरमा उस्मान ख्वाजाले १०४ रनको शतकीय इनिङ्स खेले । यस्तै कप्तान आरोन फिन्चले ९३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै ग्लेन म्याक्सवेलले ४७, मार्कुस स्टोइनेसले अविजित ३१ तथा एलेक्स केरीले २१ रन जोड्दा सौन मार्शले ७ रन बनाए । अष्ट्रेलियाका पिटर ह्याण्ड्स्कम्ब डक आउट भए ।
भारतका कुलदिप यादवले ३ विकेट हात पार्दा मोहमद सामीले १ विकेट लिए ।
यो जितसंगै भारतविरुद्धको पाँच खेलको सिरिजमा अष्ट्रेलियाले २-१ को बनाएको छ ।