एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अहिले भारतले प्रतिस्पर्धा गरिरहेको छ ।
राँचीमा जारी खेलमा भारतले अष्ट्रेलियाबाट ३१४ रनको लक्ष्य पाएको छ । तर, जारी खेलभन्दा अहिले राँचीमा पुर्व कप्तान महेन्द्र सिंह धोनीको चर्चा छ ।
किनकि धोनीका लागि यस खेल घरेलु मैदानको अन्तिम खेल हुने अनुमान गरिएको छ । कुनै समय कसैले नचिन्ने राँची धोनीकै कारण विश्व माझ परिचित छ ।
राँचीमा एक सामान्य परिवारमा जन्मिएका धोनीले सन् २०११ को विश्वकप घरेलु भूमिमा उचाल्न सफल भएका थिए । आठ वर्ष पछि फेरी धोनी २०१९ को विश्वकपमा खेल्दै छन् ।
अष्ट्रेलियाविरुद्धको खेल विश्वकप अघि भारतको अन्तिम सिरिज हो । र, धोनीको गृहनगर राँचीमा भारतले तेस्रो एकदिवसीय खेलिरहेको छ ।
अष्ट्रेलियासंगको दोस्रो एकदिवसीय लगत्तै धोनीको लागि राँचीमा हुने खेल घरेलु मैदानको अन्तिम खेल भन्ने हल्ला समेत फैलिएको छ । किनकि विश्वकपपछि धोनीले सन्यास लिने ठुलै चर्चा भारतीय मिडियामा चलेको छ ।
करिब १५ बर्ष क्रिकेटमा बिताएका धोनीले सन्यासबारे बोलेका छैनन् । जेएससीए रंगशालामा धोनीको नामको पेभेलियन उद्घाटन गर्न पनि धोनीले अस्विकार गर्दै बलरहरुसंग अभ्यासमा बिताएका थिए ।
तर, भारतका अर्का खेलाडी भुवनेश्वर कुमारले यस मैदानमा धोनीको अन्तिम खेल हुने बताएको क्रिकइन्फोले जनाएको छ ।
टेष्ट क्रिकेटबाट सुटुक्क सन्यासको घोषणा गरेका धोनीले कप्तानी पनि सुटुक्क छाडेका थिए ।
'धोनी फिट छन् र अझै अघि बढन सक्नेछन् । उनि युवा खेलाडी भन्दा पनि छिटो दौडन सक्छन्,' विहारका पुर्व कप्तान आदील हुसेनले भने, 'धोनी राँचीमा फर्कन पनि सक्छन् या आफ्नै शैलीमा सुटुक्क बिदा हुन पनि सक्नेछन् ।'
राँचीको लागि धोनी के हो ?
'राँचीसंग जे जति छ सबै धोनीले गर्दा छ, ' हुसेनले थपे 'धोनीलाई चिन्नु पहिले राँचीलाई कसैले चिन्दैन थिए । अहिले हाम्रो सहरबारे सबैलाई थाहा छ । बच्चाहरु धोनी कै कारण क्रिकेट खेल्ने गर्छन ।'
धोनीको लागि राँचीको के हो ?
'सबै कुरा दुईसंग आपसी छ । अन्तराष्ट्रिय क्रिकेटमा स्थापित भएपछि धोनीको एक साथीले राँचीबाट अन्य ठुलो सहर किन नसरेको भनेर सोधेका थिए,' हुसेनले भने, 'उनले राँची छोड्न नसक्ने बताउदै बाजी समेत लगाएका थिए ।'
राँचीको केहि कुराले आफुलाई घरमा रहेको अनुभव गराउने धोनीले आफ्नो जीवन कथामा आधारित फिल्ममा पनि बताएका छन् ।
'म अझै राँचीमा छु र म यो सहरलाई माया गर्छु । म एक सानो केटाकेटी जस्तो हुँ र विशेष गरी म एक दिनमा १५ पटक घर भित्र र बाहिर गर्न सक्छु,' धोनीले भनेका छन्, 'यदि म मुम्बईमा हुन्थे भने यो कुरा सोच्न नि सक्नेछैन ।'