एजेन्सी । पाहुना टोलि अष्ट्रेलियाले घरेलु टोली भारतलाई तेस्रो एकदिवसीय क्रिकेटमा जितका लागि ३१४ रनको लक्ष्य दिएको छ ।
राँचीस्थित जेएससीए क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३१३ रन बनायो ।
अष्ट्रेलियाको उच्च स्कोरमा उस्मान ख्वाजाले १०४ रनको शतकीय इनिङ्स खेले । यस्तै कप्तान आरोन फिन्चले ९३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै ग्लेन म्याक्सवेलले ४७, मार्कुस स्टोइनेसले अविजित ३१ तथा एलेक्स केरीले २१ रन जोड्दा सौन मार्शले ७ रन बनाए । अष्ट्रेलियाका पिटर ह्याण्ड्स्कम्ब डक आउट भए ।
भारतका कुलदिप यादवले ३ विकेट हात पार्दा मोहमद सामीले १ विकेट लिए ।
पाँच खेलको सिरिजमा भारत २-० ले अघि रहेको छ । अघिल्ला दुई खेल गुमाएको अष्ट्रेलियालाई सिरिज जोगाउन यस खेल जित्नै पर्ने दबाब रहेको छ ।