एजेन्सी । बेल्जियमका मिडफिल्डर मारोउने फेलानीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
इन्ग्लिंश क्लब एभर्टन र म्यानचेस्टर युनाईटेडका पुर्व मिडफिल्डर फेलानीले शुक्रबार सन्यासको घोषणा गरेका हुन् ।
३१ बर्षीय फेलानीले सन्यास घोषणा गर्दै बेल्जियमबाट खेल्न पाउँदा आफुलाई निकै गर्व भएको बताए ।
'म संगै धेरै उत्कृष्ट पलहरु रहेको छ । र, फिफा वरियताको शीर्ष स्थानको बेल्जियमसंग मलाई गर्व छ,' फेलानीले भने, 'मैले सन्यास लिने यो उपयुक्त समय मानेको छु । नयाँ पिढीका खेलाडीले बेल्जियमको यस सफलतालाई कायम राख्ने छन् ।'
चिनियाँ क्लबमा रहेका फेलानीले बेल्जियमबाट १२ बर्ष खेलेका थिए । जसमा ८७ क्याप जितेका छन् । यस्तै फेलानीले बेल्जियमबाट दुई विश्वकप खेलेका थिए ।
सन् २००७ मा मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका फेलानीले बेल्जियमका लागि १८ गोल गरेका छन्।
फेलानी हाल चिनियाँ क्लब शान्डोङ लुनेङबाट खेलिरहेका छन् । यसै सिजन चिनियाँ क्लब पुगेका फेलानीले डेब्यु खेलमै गोल गरेका थिए ।