एजेन्सी । स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् । विश्वकपपछि राष्ट्रिय टोलीमा नरहेका मेस्सी मैत्रीपूर्ण खेलमा लागि अर्जेन्टिनाको टिममा फर्किएका हुन् ।
यसै महिना भेनेजुएला र मोरक्कोविरुद्ध हुने मैत्रीपुर्ण खेलका लागि मेस्सी अर्जेन्टिनाको टिममा परेका हुन् । अर्जेन्टिनाले निकालेको ३१ सदसीय टोलीमा मेस्सी परेका छन् ।
बार्सिलोनाका मेस्सीले गत जुनमा रुसमा सम्पन्न विश्वकप पछि अर्जेन्टिनाको टिमबाट खेलेका थिएनन् । मेस्सीले यस बीचमा ६ मैत्रीपुर्ण खेल गुमाएका थिए ।
यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एन्जल डी मारिया समेत विश्वकपपछि पहिलो पटक टिममा अटाएका छन् ।
अर्जेन्टिनाले मार्च २३ मा भेनेजुएला र २६ मार्चमा मोरक्कोसंग खेल्दैछ ।
