काठमाडौं । न्यु समिट र आयोजक सगरमाथा कलेज सातौं सिएसआईटी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा भएको पहिलो सेमिफाइनल खेलमा न्यु समिट कलेजले समृद्धि कलेजलाई ६ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ निमन्त्रर्णा पाएको न्यु समिट कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ११८ रन जोडेको थियो । न्यु समिट कलेजका लागि सर्वाधिक रन अजय झाले बनाए । उनले ५४ बलमा अर्धशतकए पारी खेलेका थिए । जवफी ब्याटिङमा उत्रीएको समृद्धि कलेजले निर्धा्रित १९.३ ओभरमै अल आउट हुदा मात्र ११२ जोड्न सफल भयो ।
न्यु समिटका मध्यम योगफललाई रक्ष गर्ने क्रममा बलर राजिव गुरुङले कसिलो बलिङ गदै महत्वपूर्ण ४ विकेट लिदै टिम फाईनलमा पुर्याए । राजिवको उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याचको उपाधि पाए ।
दोश्रोे सेमिफाइनलको दोस्रो खेल भने बिबादित रहन पुग्यो । टस जितेर ब्याटिङ सम्हालेको अस्कल कलेजले १४.४ ओभरमा पुरै १० विकेट गुमाउदै मात्र ८१ रन जोड्न सफल भयो । सगरमाथा कलेजकातर्फ बाट सर्वा्धिक ७ विकेट रेशभ जुङ्ग कार्कीले लिए ।
जवाफी ब्याटिङमा उत्रीएको सगरमाथा कलेजले मात्र १४.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्यलाई सहजै भेट्टाउन सफल भयो । सगरमाथा कलेजले १४.५ ओभरमा ८६ रन जोडेको थियो । सगरमाथातर्फबाट सर्वाधिक रन ल्याउनेमा प्रशान्त यादव रहे जसले ३४ बलमा ४० रन जोडेका थिए ।
अस्कल कलेजले बाहिरी खेलाडी राखेर खेल जितेको दावी गरेको छ । त्री वि रजिष्ट्रेशन कार्ड नदेखाए सम्म आफुहरुलाई मान्य नहुने अस्कल कलेजको दावी रहेको छ । शुक्रवार हुने भनिएको फाइनल खेलस्थगित गरिएको आयोजक कलेजका टिम कप्तान नारायण धिमिरेले बताए । उनले भने गैर खेलाडी खेलाएको भन्दै अस्कलबाट प्रोटेस्ट भएको छ । चित्त बुझ्दो सामाधान भए पछि फाईनल खेलको मिति तोकिने कप्तान धिमिरेले जानकारी गराए ।
छैटौं सिएसआइटी प्रतियोगितामा पनि न्यु समिट र सगरमाथा कलेज फाइनल पुगेका थिए । फाइनलमा सगरमाथा कलेजले जित हासिल गरेको थियो ।