पोखरा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश छनौट प्रतियोगिता अन्तरगत महिला फुटबलमा स्याङजाले स्वर्ण पदक जितेको छ ।
बिहिबार भएको फाइनलमा स्याङजाले कास्कीलाई ४–० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । स्याङजालाई स्वर्ण पदक दिलाउन शोभा पगेनीले ह्याट्रिक गरिन् । यस्तै सरस्वती हमालले एक गोल थपिन ।
यता काश्य पदकका लागि भएको खेलमा लमजुङले म्याग्दीलाई आधा दर्जन गोलको वर्षा गरेको छ । लमजुङले म्याग्दीलाई ६–० ले पराजित गर्दा सपना गुरुङले ह्याट्रिक गरिन्।
विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगाएतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।