एजेन्सी । दक्षिण अफ्रीका र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेलमा केहि रोमान्चकता देखियो । बुधबार राति भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ११३ रनले पराजित गरेको थियो ।
सेञ्चुरियनमा दक्षिण अफ्रीकाले दिएको २५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले ३१ ओभरको समाप्तिमा १३५ रन बनाउदा ९ विकेट गुमाइसकेको थियो ।
खेलमा फर्कन श्रीलंकालाई सम्भव थिएन । सोही समय अफ्रिकाका लागि ९४ रनको अर्धशतकीय इनिङस खेलेका नियमित विकेटकिपर क्विनटन डी ककले मैदान छाड्ने निधो गरे ।
अफ्रिकाको टोलीमा अब अनुभवी विके किपरको खाँचो देखियो । र, विकेटकिपर बन्न तम्सिए - डेभिड मिलर । जसले अन्तराष्ट्रिय खेलमा विकेट किपिंङ गरेका थिएनन् ।
पहिलो पटक विकेटकिपरको पन्जा लगाउँदै मिलर स्टम्पको पछाडी उभिए । फिल्डिङमा आफ्नो जादु देखाउदै आएका मिलर पहिलो पटक किपिङमा आफ्नो क्षमता देखाउन आतुर थिए ।
बलर थिए, इमरान ताहिर । सुरुवाती तीन बल त ब्याट्सम्यानले खेले त्यसैले उनको परिक्षण हुन् सकेन् ।
छैठौं बलमा श्रीलंकाका विश्व चर्चित फर्नान्डोले ताहिरको बल छुन नसक्दा मिलरले पहिलो पल्ट बल समात्ने मौका पाए र बल समात्दै स्टम्पिङको प्रयास गरे ।
तर,फर्नान्डोले भने खुट्टा उचालेका थिएनन् । लगत्तै पहिलो स्लिपमा बसेका फाफ डु प्लेसीले आवाज दिए 'एम एस डी ' अर्थात् 'महेन्द्र सिंह धोनी '
सबै खेलाडीले मुस्कानको प्रतिक्रिया दिए ।