काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला टिमको घाेषणा गरिएकाे छ । मुख्य प्रशिक्षक हरी खड्काले साफ च्याम्पिनसिप खेल्ने २० सदस्यीय महिला फुटबल टिमको अन्तिम छनाेट गरेका छन् ।
बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले २० खेलाडीकाे छनोट गरेका हुन् । प्रमुख प्रशिक्षक खड्काले पुर्व कप्तान अनु लामालाई टिम बाहिर राखेका छन् । अनुसँगै सुनिता चौधरी र विमला चौधरी टिमबाट बाहिरिएका छन् ।
राष्ट्रिय यु-१९ का ६ खेलाडी अटाएका छन् । जसमा रेखा पौडेल, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन, पुजा राना, उषा नाथ र अन्जना रानामगर रहेका छन् ।
प्रतियोगिता फागुन २८ गते विराटनगरको सहिद रंगशालामा सुरु हुदैछ । उद्घाटन खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।
२० सदस्यीय महिला टिमकाे नामावली :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु ।
मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी ।
स्ट्राइकर : रेखा पौडेल, निरु थापा कप्तान, सावित्रा भण्डारी, ।