काठमाडौं । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज (बिहिबार) क्यामरुनी क्लब दाउफिन्स एफसी र लाली रुपन्देही-११ बीच प्रतिस्पर्धा हुँदैछ ।
डोमालाल राजवंशी रंगशालामा दाउफिन्स र रुपन्देहीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । र, दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
दाउफिन्स र रुपन्देहीबीचको विजेताले फाइनल प्रवेशको लागि त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको क्वाटरफाइनलमा एपीएफ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगिसकेको छ ।
दाउफिन्सले मनाङ मर्स्याङ्दी क्लबको स्थानमा झापा गोल्डकप खेल्न लागेको हो । मनाङ एएफसी कपको तयारीमा लागेपछि दाउफिन्सले मौका पाएको हो । रुपन्देहीले सिधै बाई पाएर क्वाटरफाइनल खेल्न लागेको हो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।