एजेन्सी । फ्रान्सेली प्रशिक्षक जिनेदान जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न आएको प्रस्ताव अस्वीकार गरेका छन् ।
रियलले जारी सिजन खराब प्रदर्शन जारी राखेपछि क्लबले जिदानलाई प्रशिक्षकको प्रस्ताव गरेको थियो । तर, जिदानले रियलको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
रियलका पुर्व अध्यक्षले रामोन क्याल्डरनले बीबीसीसंगको अन्तर्वार्तामा जिदानले प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।
'मलाई थाहा छ । अध्यक्ष (फ्लोरेन्टिनो परेज) ले जिदानले फोन गरेका थिए र क्लबमा फर्कन अनुरोध गरेका थिए,' पुर्व अध्यक्ष क्याल्डरनले भने, 'उनले तत्काल हुन्न भनेर जवाफ दिए ।'
गत सिजनको च्याम्पियन्स लिग जिताएपछि जिदानले रियल छाडेका थिए । जिदान हाल कुनै क्लबमा रहेका छैनन् ।
तर, पुर्व अध्यक्ष क्याल्डरनले जिदान आगामी जुन सम्म रियल फर्कन सक्ने सम्भावना रहेको समेत बताए । उनले जिदानका लागि क्लबले ढोका खुल्ला राखेको समेत बताए ।
'परेजले जिदानलाई जुन महिनासम्म फर्कनको लागि मौका समेत दिएका छन्,' पुर्व अध्यक्ष क्याल्डरनले थपे ।
यस सिजन रियल उपाधिविहीन बन्ने देखिएको छ । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिसकेको छ ।
यस्तै ला लिगामा समेत रियल तेस्रो स्थानमा रहेको छ ।