एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बाबेका पुर्व क्रिकेट डिरेक्टर इनोक इकोपेलाई सबै खाले क्रिकेटमा १० बर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीको भ्रष्ट्राचार सम्बन्धिको नियम उलंघन गरेको भन्दै आईसीसीले इकोपेलाई लामो प्रतिबन्ध लगाईएको जनाएको छ ।
हरारे क्रिकेट एसोसियसनका अध्यक्ष समेत रहेका इकोपेले भष्ट्राचार सम्बन्धिको ३ नियम उलंघन गरेको आईसीसीले जनाएको छ । आईसीसीले छानविन गर्दा दोषी ठहरिएका छन् ।
आईसीसीको भ्रष्ट्राचार सम्बन्धिको कमिटीको अनुसन्धानले इकोपेले सन् २०१७ मा तत्कालिन कप्तान ग्रिम क्रिमरलाई भ्रष्ट्राचार गर्न उक्साएको देखिएको थिए ।
वेष्ट इण्डिजविरुद्धको टेष्ट दौरान इकोपेले हरारे क्रिकेट एसोसियसनका मार्केटिङ डिरेक्टर राजन नेयरद्वारा भ्रष्ट्राचार गर्न उक्साएका थिए । राजनलाई आईसीसीले यसअघि नै २० बर्षको प्रतिबन्ध लगाईसकेको छ ।
यसअघि आईसीसीले गत बर्षको जनवरीमा इकोपेलाई निलम्बन गरेको थियो ।