एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका मुख्य प्रशिक्षक माउरिसियो पोचिटिनोलाई दुई खेलको टच लाइन प्रतिबन्ध लागेको छ ।
वर्नलीविरुद्वको खेलमा रेफ्रीसंग गरेको विवादका कारण ईङ्लिस फुटबल संघले पोचिटिनोलाई दुई खेलको टच लाइन प्रतिबन्ध लगाएको हो ।
संघको कारबाहीसंगै प्रशिक्षक पोचिटिनोले साउथह्याम्टन र लिभरपुलविरुद्वको दुई खेलमा दर्शक बन्नु पर्ने भएको छ । दुई खेलको टच लाइन प्रतिबन्धसंगै उनलाई १० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।
च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डलाई हराएर क्वार्टरफाईनलमा प्रवेश गरेको केही घण्टा पछाडी टोटेनहमका प्रशिक्षकमाथि कारबाही गरिएको हो ।
टोटेनहमले समग्रमा ४–० को नतिजा सहित प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको थियो । गत महिला वर्नलीसंग पराजित भएपछि पोचिटिनोले रेफ्रीसंग मैदानमा विवाद गरेका थिए ।
‘म कुनै कुरा गर्ने छैन । यो निकै सहज छ । म निकै निराश छु । मलाई लाग्छ, उनीहरुले कारबाही गर्ने छैनन् । तर यसको कुनै अर्थ हुने छैन । हामी बलियो बनेर अघि बढ्न पर्नेछ ।’ च्याम्पियन्स लिगको खेल अगाडी पोचिटिनोले कारबाहीको बिषयमा भनेका थिए ।