काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको 'एट नेसन 'ए' टी-ट्वान्टी क्रिकेट सिरिज' प्रतियोगिता सरेको छ ।
केन्यामा मार्च अन्तिम साताबाट तय भएको प्रतियोगिता करिब ३ हप्ता सरेको हो । आयोजक केन्या क्रिकेटले प्राविधिक कारण २ देखि ३ हप्ता सरेको जनाएको छ । नयाँ मिति भने केहि दिनमा तय हुने केन्याले जनाएको छ ।
यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाउने छन् । तर, प्रतियोगितामा सहभागी राष्ट्रको भने तय भएको छैन ।
नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुँदैछ ।