काठमाडौं । नेपालको महिला यू–१९ फुटबल टिमले अभ्यास खेलमा भुटानको राष्ट्रिय टिमसंग बराबरी खेलेको छ ।
बुधबार भएको खेलमा नेपाली युथ टिमले भुटानसंग २-२ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालका लागि रश्मी कुमारी घिसिङ र सबिता राना मगरले एक एक गोल गरिन् ।
मुख्य ६ खेलाडीबिनै मैदान उत्रिएको नेपालले भुटानविरुद्ध उत्कृष्ट खेल पस्किएको थियो । गोलकिपर अन्जना राना मगर, उषा नाथ, डिफेन्डर पुजा राना, मिडफिल्डर सरु लिम्बु, मन्जली कुमारी योञ्जन र स्ट्राइकर रेखा पौडेल राष्ट्रिय टिमको क्लोज क्याम्पमा छन् ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको भुटानी टिमले नेपाली युथ टिमसंग खेलेको हो । साफको लागि भुटानी टिम मंगलबार नेपाल आईपुगेको हो ।
साफ च्याम्पियनसिप फागुन २८ गतेबाट सुरु हुँदैछ ।