काठमाडौं । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा आज (बुधबार) रुस्लान थ्री स्टार र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
डोमालाल राजवंशी रंगशालामा हुने थ्री स्टार र पुलिसबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
आहा रारा गोल्डकप विजेता थ्री स्टार र खप्तड गोल्डकप विजेता पुलिस सिधै बाई पाएर क्वाटरफाइनल खेल्न लागेका हुन् ।
थ्री स्टार र पुलिसबीचको विजेताले फाइनल प्रवेशको लागि झापा-११ संग प्रतिस्पर्धा गर्ने छन् । झापाले नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।