एजेन्सी । सनसनीपुर्ण नतिजा निकाल्दै डच क्लब आयाक्सच्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा रियललाई ४–१ ले हराउँदै समग्रमा ५–२ को नतिजा सहित आयाक्स क्वार्टरफाईनल प्रवेश गरेको हो ।
१३ पटकको च्याम्पियन रियललाई उसैको घरेलु मैदान वर्नवेउमा आयाक्सले नमिठो हार चखायो । पहिलो लेगको खेलमा रियललाई २–१ को अग्रता कायम थियो ।
सुरुवाती १८ मिनेटभित्र दुई गोल गर्दै आयाक्सले रियलको घरेलु मैदानमा अप्रत्यासित अग्रता बनायो । हाकिम जियचले सातौ मिनेटमा दिलाएको अग्रतालाई डेविड नेरेसले १८ औ मिनेटमा दोब्बर पारेका थिए । ६२ औ मिनेटमा दुसन टाडिसले आयाक्सका लागि तेस्रो गोल गरे ।
लगातार चौथो पटक च्याम्पियन्स लिग उचाल्ने अभियानमा रहेको रियलका लािग मार्को एसेन्सियोले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिश नगरेका होईनन । तर मिडफिल्डर लास सोनले ७२ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै घरेलु टोलीविरुद्व आयाक्स स्तब्धपुर्ण नतिजा निकाल्न सफल रहे ।
रियलका कप्तान सर्जियो रामोस दुई खेलको निलम्बनको कारण च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा अनुपस्थित थिए । घरेलु मैदानमा पहिलो लेगको खेल २–१ ले गुमाएर नतिजा उल्ट्याउने आयाक्स च्याम्पियन्स लिगको पहिलो क्लब बनेको छ ।
रियलले १० खेलाडीमा सिमित भएर प्रतियोगिताको अन्त्य गरेको थियो । दोस्रो हाफको ईन्जुरी समयमा दोहोरो पहेलेको कार्ड खादै नाचो बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।
यो संगै आयाक्स २२ बर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । आयाक्सले यसअघि सन् १९९६/९७ को सिजन नकआउट चरण पुगेको थियो । रियल भने सन् २०१२/१३ को सिजनपछि पहिलो पटक नकआउट चरणमा पुग्न सकेनन् ।