एजेन्सी । इङ्ग्लिश क्लब चेल्सीले खेलाडी किनबेचमा लागेको २ बर्षको प्रतिबन्ध हटाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफासंग अपिल गरेको छ ।
युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियमलाई तोडेको भन्दै फिफाले चेल्सीलाई दुई सात अघि २ बर्षको प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसंगै चेल्सीले सन् २०२० सम्म खेलाडी किनबेच गर्न पाउने छैनन् । तर, चेल्सीले उक्त प्रतिबन्ध हटाउन मंगलबार फिफासंग अपिल गरेको छ ।
फिफाले चेल्सीले अपिल पत्र पठाएको पुष्टि गरेको छ । तर, फिफाले प्रतिबन्धबारे तत्काल केहि निर्णय नगर्ने जनाएको छ ।
चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका बिदेशी खेलाडी अनुबन्ध गरेको कारण प्रतिबन्ध लगाईएको जनाएको छ । चेल्सीले बेरट्रान्ड ट्राओरेसहित १८ बर्ष मुनिका खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको बताएको छ ।
यस्तै फिफाले चेल्सीलाई ४६० मिलियन पाउण्ड जरिवाना समेत गरेको थियो । यस्तै फिफाले इङ्ग्लिश फुटबल एसोसियसनलाई समेत ३९० मिलियन पाउण्ड जरिवाना गरेको छ ।
फिफाले चेल्सीको महिला टिम र फुटसल टिममा भने प्रतिबन्ध नलाग्ने जनाएको छ ।