काठमाडौंं । चौथो संस्करणको झापा गोल्डकप फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले नखेल्ने भएपछि क्यामरुनको दाउफिन्स फुटबल क्लबले मौका पाएको छ ।
मनाङले एएफसी कपको तयारी गर्ने कारण देखाउदै मोफसलका प्रतियोगिता नखेल्ने भएको हो । सोही कारण अन्तिम समयमा आएर आयोजकले अफ्रिकन क्लब दाउफिन्सलाई प्रतियोगिता खेलाउने निर्णय लिएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले दाउफिन्सलाई मोफसलका प्रतियोगितामा सहभागि नगराउन जिल्ला फुटबल संघलाई सचेत गराएको थियो । तर आयोजक झापा गोल्डकपले मनाङको विकल्पमा विवादीत बनेको दाउफिन्सलाई सहभागि गराउने निर्णय गरेको हो ।
सुदुरपश्चिममा खप्तड गोल्डकप खेल्न आएको दाउफिन्स स्विकृती नलिएर मोफसलका विभिन्न प्रतियोगितामा सहभागिता जनाईरहेको छ ।
आयोजकले फागुन २३ गते मनाङ र लाली रुपन्देही ११ फुटबल क्लबलाई समावेश गर्दै झापा गोल्डकपको खेल तालिका सार्वजनीक गरेको थियो ।
क्लब नेतृत्वमा परिवर्तन भएसंगै मनाङले मोफसलका प्रतियोगिता तत्काल नखेल्ने निर्णय गरेको थियो । सोही कारण उसले झापा गोल्डकप सहित मोफसलका विभिन्न प्रतियोगिताबाट नाम झिकेको छ ।