काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौंथो संस्करणको झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाइनलमा डर्बी क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
झापाको डोमालाल राजवंशी रंगशालामा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ, सन्तोष तामाङ र टंक बस्नेतले एक एक गोल गरे ।
पहिलो हाफको ४३ औं मिनेटमा आर्मीका टंकले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा सन्तोषले गोल गर्दै झापाको अग्रता दोब्बर बनाए । त्यसको एक मिनेट बित्न नपाउँदै नवयुगले गोल गर्दै आर्मीलाई ३-० को जित दिलाए ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।