काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ईन्डोनेसियाको क्लब पर्सिजा जाकार्तासंग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेका छन् ।
रोहितले मंगलबार औपचारिक रुपमा जाकार्तासंग एक सिजनको लागि सम्झौता गरेका हुन् । सम्झौता पत्रमा रोहित र क्लबका सीईओ फेरी पाउलुसले हस्ताक्षर गरेका थिए ।
रोहित गत सिजन ईन्डोनेसियन लिगमा बर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रर्दशनबाट प्रभावित क्लबले नयाँ सिजनपनि अनुबन्धनको ईच्छा देखाएको थियो । तर रोहितले आफ्नो प्रर्दशनका आधारमा आकर्षक सुविधाको माग गर्दै आएका थिए ।
रोहितको मागको कारण क्लबसंग उनको अनुबन्धनमा ढिलाई भएको थियो । तर,अघिल्लो सिजन भन्दा राम्रो तलब वृद्वि गर्न क्लब सहमत भएपछि रोहिन पुन पर्सिजामा अनुबन्धन भएका हुन् ।
ईन्डोनेसियाको लिगमा उच्च प्रर्दशन गरेपछि रोहितले थाईल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए । तर,पर्सिजाले आकर्षक प्रस्ताव गरेपछि रोहितले पुन पुरानै क्लबबाट ब्यावसायीक लिग खेल्ने निर्णय लिएका हुन् ।
रोहितले क्लबसंग सम्झौता नहुँदै पर्सिजाबाट एएफसी कप खेलिसकेका छन् ।
ईन्डोनेसियाको लिग भने आगामी अप्रिलबाट मात्र सुरु हुनेछ ।