काठमाडौं । नेपालको महिला यू–१९ फुटबल टिमले भुटानको राष्ट्रिय टिमसंग अभ्यास खेल खेल्ने भएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको भुटानी टिम र नेपाली युथ टिमबीच भोली (बुधबार) बिहान अभ्यास खेल खेल्ने भएको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले भुटानी टिमसंग बुधबार अभ्यास खेल खेल्ने खेलपाटीलाई बताए । ‘भोली बिहान हामी भुटानी टिमसंग अभ्यास खेल खेल्नेछौँ,' उनले भने ।
भुटान र नेपाली युथ टिमबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ९ बजे सुरु हुनेछ ।
यू–१९ टिमका मुख्य ६ खेलाडीहरु राष्ट्रिय टिमको क्लोज क्याम्पमा छन् । गोलकिपर अन्जना राना मगर, उषा नाथ, डिफेन्डर पुजा राना, मिडफिल्डर सरु लिम्बु, मन्जली कुमारी योञ्जन र स्ट्राइकरमा रेखा पौडेल क्लोज क्याम्पमा रहेका छन् ।
साफको लागि भुटानी टिम मंगलबार नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी गराए ।