काठमाडौँ । सहिद स्मारक 'बी' डिभिजन लिगको उपाधि भिडन्त मानिएको खेलमा अहिले रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री भगवती क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आरसीटीले सुरुवाती अग्रता बनाएको छ ।
खेलको २५ औं मिनेटमा लोकेन्द्र बहादुर कार्कीले हेड गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले उनम बुढाथोकीको कर्नरको सदुपयोग गरे ।
यस खेलको विजेता टोली 'बी' डिभिजन लिगको यसबर्षको च्याम्पियन हुनेछ ।
लिगको अन्तिम खेल चलिरहदा दुवै टिमको समान ६–६ अंक छ ।
यसपटक 'बी' डिभिजन च्याम्पियन भएपनि शीर्ष क्लब भने बढुवा हुने छैनन् । एन्फाले यस सिजन सबै श्रेणीको फुटबललाई रेलिगेशन बिनाको गराएको छ । उपाधि विजेता टोलीले ८ लाख पाउनेछ भने उपविजेता टिमले ५ लाख प्राप्त गर्नेछ ।