काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकुद केन्द्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा खालीबारी र समाज कल्याणले प्रतिस्पर्धा गर्ने भएका हुन् । उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भोलि (बुधबार) १२:४५ बजे सुरु हुनेछ ।
यस्तै पहिलो दिन अर्को खेलमा महाबिर स्टडीज एण्ड एथलेटिक्स एसोसियसन र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाले 'बी' डिभिजन लिग सकिए लगत्तै 'सी' डिभिजन लिग गर्न लागेको हो । 'सी' डिभिजन लिगमा ११ क्लबले खेल्नेछन् । सहभागि क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाईनेछ ।
एन्फाले निकालेको समूह विभाजन अनुसार समूह 'ए' मा स्वम्भु युवा क्लब, प्लानिङ ब्वाइज, ओसीस, मनोहोरा, सानोगौचरण र सामाजिक युथ क्लब रहेका छन् ।
समूह 'बी' मा बिरगंज युथ क्लब, खालीबारी युथ क्लब, महाबिर युथ क्लब, सानेपा र समाज कल्याण क्लब रहेका छन् ।
समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।
खेल तालिका :

