काठमाडौं । माईभ्याली गोल्डकपको पाचौँ संस्करण आगामी २६ गते सुरु हुने भएको छ । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब सहभागी हुने छैन ।
मनाङले प्रतियोगितामा सहभागीता नजनाउने भएपछि आयोजकले क्यामरुनको दाउफिन्स एफसीलाई खेलाउने भएको छ । मनाङ अहिले एएफसी कपको तयारीमा जुटेको छ । क्यामरुनको दाउफिन्सले जारी झापा गोल्डकपमा भने प्रतिस्पर्धा गर्न पाएन ।
प्रतियोगिता फागुन २६ गतेबाट ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताका सबै खेल इलामको ठुलो टुडिखेलमा हुने छन् ।
प्रतियोगितामा ए डिभिजन ५ क्लबले सहभागिता जनाएका छन् । त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, हिमालयन शेर्पा र थ्रीस्टार क्लब रहेका छन् ।
यस्तै दुई विदेशी क्लब क्यामरुनको दाउफिन्स र हङकङको नेपाल फुटबल एकेडेमीसंगै मोफसलका मेची नेत्रालय झापा र आयोजक माईभ्याली एफसीले प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगिताको विजेताले ७ लाख तथा उपविजेताले ४ लाख पाउनेछ ।