काठमाडौँ । शहिद स्मारक 'बी' डिभिजन लिगको उपाधि भिडन्तमा रानिपोखरी कर्नर टिम आरसीटी र श्री भगवती क्लब प्रतिस्पर्धा गर्दैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो १२ बजे हुने खेलको विजेता टोली 'बी' डिभिजन लिगको यसबर्षको च्याम्पियन हुनेछ ।
प्रतियोगितामा दुबै टिमको समान ६–६ अंक छ ।
दुबै टिम च्याम्पियन हुने लक्ष्य सहित मैदान बताएका छन् । बी डिभिजन च्याम्पियन भएपनि शीर्ष क्लब भने बढुवा हुने छैनन् । एन्फाले यस सिजन सबै श्रेणीको फुटबललाई रेलिगेशन बिनाको गराएको छ । उपाधि विजेता टोलीले ८ लाख पाउनेछ भने उपविजेता टिमले ५ लाख प्राप्त गर्नेछ ।
आजै हुने दोस्रो खेलमा तेस्रो स्थानका लागि टुसाल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो ३ बजे सुरु हुनेछ । दोस्रो चरणमा दुबै टिमले अंक जोड्न सकेका छैनन् ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गरेका थिए ।