काठमाडौं । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज (मंगलबार) दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
झापाको डोमालाल राजवंशी रंगशालामा आर्मी र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपविजेता बनेको आर्मी बाई पाएर सिधै क्वाटरफाइनलमा पुगेको हो ।एपीएफले मोरङ-११ लाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीसंगको भेट पक्का गरेको हो ।
आर्मी र एपीएफबीचको विजेताले मनाङ मर्स्याङ्दी र लाली रुपन्देही-११ बीच खेल हुनेछ ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।