काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको छ ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीकाे नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्याैपाने लगायतले सार्वजनिक गरे ।
पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५७० प्रतिस्पर्धीलाई पछि बनाउदै तिवारीको लोगो उत्कृष्ट बनेको हो । लोगो निर्माणगरे वापत एन्फाले तिवारीलाई ५० हजार नगदले पुरस्कृत गरेको छ ।
नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ ।
एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यस अघि बिस २०६२/६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।
यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो ।
नयाँ जर्सी सधैको झैँ रातो र निलो रङमा रहेको छ । तर, लोगो रहेको स्थानहरु परिवर्तन भएको छ । यस्तै जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ ।
यसअघि रहदै आएको जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डा रहेको थियाे । अब उक्त स्थानमा एन्फाकाे लाेगाे हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीकाे पछाडी हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो ।
एन्फाको नयाँ जर्सी केल्मी कम्पनिले निर्माण गर्ने छ । एन्फाले केल्मीसंग दोस्रो पटक प्रायोजन सम्झौता गरेको छ ।
यस्तै एन्फाले फुटबल टिमको गीत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ ।
एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो ।
एन्फाको लोगो :