काठमाडौं । चौथों संस्करणको झापा गोल्डकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज (सोमबार) आयोजक झापा-११ र नेप्लिज एकेडमी हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
डोमालाल राजवंशी रंगशालामा झापा र नेप्लिजबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । र, दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
विजेताले सेमिफाइनलमा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्ने छ ।
शनिबार भएको उद्घाटन खेलमा सहारा फुटबल क्लब पोखरालाई २-० गोल अन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा पुगेको हो ।
नेप्लिज एकेडमी भने बाई पाएर क्वाटरफाइनलमा पुगेको हो ।
विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।