एजेन्सी । अल्भारो मोराटाले दुई गोल गरेपछि स्पेनिस ला लिग फुटबलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको छ । सोसोडाडको घरेलु मैदानमा भएको खेलमा लण्डन क्लब चेल्सीबाट लोनमा आएका मोराटाले पहिलो हाफमै दुवै गोल गरे ।
२६ बर्षका मोराटा एट्लेटिको आएपछि गोलका लागि संघर्ष गर्दै आएका थिए ।
मोराटाले ३० औ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछाडी एट्लेटिकोको अग्रता दोब्बर पारे । योसंगै उनले पछिल्ला दुई खेलमा तीन गोल गर्न सफल भएका छन् । उनले भिल्ला रियलविरुद्वको खेलमा जित निकालेका थिए ।
कोके ६२ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सिमिति भएको थियो । डिएगो सिमोनको टिम एट्लेटिको तालिकाको दोस्रो स्थानमा रहेको छ । गत शनिबार रियल मड्रिडलाई पराजित गरेको बार्सिलोनाले लिगमा ७ अंकको अग्रता लिन सफल भएको छ ।