एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले क्लब पुराना दिनमा फर्किएको महशुश भएको बताएका छन् । प्रिमियर लिगमा शनिबार राति साउथह्याम्टनविरुद्व प्राप्त ३–२ को नाटकिय जितले पुराना दिनमा निस्कने रोमाञ्चक जितको याद गरेको प्रशिक्षक सोल्सायरले बताएका हुन् ।
साउथह्याम्टनविरुद्व खेलमा म्यान युनाईटेडले पुनरागमन जित निकालेको थियो । अन्तिम समयमा रोमेलु लुकाकुले विजयी गोल समेत गरेका थिए । सोही गोलले म्यान युनाईटेडले ३ अंक बटुल्यो र तालिकाको शीर्ष चार भित्र आफुलाई अटाउन सफल भयो ।
सन् १९९९ मा च्याम्पियन्स लिगको फाईनलमा सोल्सायरले ईन्जुुरी समयमा गोल गरेका थिए ।
प्रशिक्षक सोल्सायरले पछिल्लो नतिजाले पुराना दिनको याद गरेको बताएका छन् ।
‘यो पुराना दिनको सम्झना जस्तै छ । उनले भने, यो एक भाग हो, जो मेरो जिवनमा धेरैपटक घटेको छ । म निकै अनुग्रही छु ।’ उनले भनेका छन् ।
लुकाकुले खेलका दौरान दुई महत्वपुर्ण अवसर गुमाएका थिए । अन्तिममा उनले दुई गोल गर्न सफल भए ।
‘उनी निकै प्रभावशाली गोलकर्ता हुन् ।’ सोल्सायरले बेल्जियम स्ट्राईकरको बिषयमा भने । लुकाकुले क्रिस्टल प्यालेसविरुद्वको ३–१ को जितमा पहिलो गोल गरेका थिए ।