काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यामा आयोजना हुने टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन शिवाकोटीले केन्याले आयोजना गर्न लागेको प्रतियोगिता खेल्ने खेलपाटीलाई जानकारी गराए ।
'आउने मार्चको अन्तिममा केन्यामा आयोजना हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने पक्का भएको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ,' शिवाकोटीले खेलपाटीलाई भने ।
तर, शिवाकोटीले प्रतियोगिताको नाम र टिमबारे विवरण आउन बाँकी रहेको बताए ।
'प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को आयोजना नभएको कारणले सबै विवरण आउँन समय लाग्नेछ,' शिवाकोटीले थपे ।
प्रतियोगिताको लागि नेपालले चाडै बन्द प्रशिक्षण सुरु गर्ने समेत शिवाकोटीले बताए ।
नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुँदैछ ।