एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले बोरुसिया मोन्चेनग्लाडवाचलाई ५-१ ले पराजित गरेको हो ।
मोन्चेनग्लाडवाचको मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै जाभी मार्टिनेज, थोमस मुलर र सेर्गी क्यानबेरीले एक एक गोल गरे ।
मोन्चेनग्लाडवाचका लार्स स्टनडलले एक गोल फर्काए ।
यो जितसंगै वायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डसंगको अंक दुरी बराबरी गरेको छ । दोस्रो स्थानको वायर्नले २४ खेलबाट ५४ अंक जोडेको छ । डर्टमण्डको पनि ५४ अंक छ ।
मोन्चेनग्लाडवाच ४३ अंक जोडर चौंथो स्थानमा छ ।